Wednesday, June 3, 2020
Home Blog

फेरि थप १ जनाको आइसोलेसनमा मृत्यु

काठमाडौँ : आइसोलेसनमा रहेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । पाल्पा पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षीय रामबहादुर दिशा मगरको मिसन अस्पतालको आइसोलेसमा उपचारको क्रममा आज मृत्यु भएको हो । मृतक दिशा मगरलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको भए पनि स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना संक्रमणबाट मृत्यु भएको हो वा होइन भन्ने अझै पुष्टि हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

उनी केही दिन अघि मात्र भारतको मुम्बईबाट नेपाल आएकाथिए । मगर जेठ १८ गतेदेखि पूर्वखोला २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका उनको स्वाब संकलन गरी परीक्षणको लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । मृत्युपछि पुन स्वाब संकलन गरी परीक्षणको लागि पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पर्वतका संक्रमित कुश्माको कोरोना अस्पताल भर्ना कुश्मा : पर्वतमा मंगलबार भेटिएका पाँचजना कोरोना संक्रमितको जिल्लाकै सदरमुकाम कुश्माबजारमा संचालित अस्थायी कोरोना अस्पतालमा उपचार थालिएको छ । उनीहरुलाई कुश्माकै होटलमा बनाइएको क्वारेन्टाइनबाट दिउँसो अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरुलाई महाशीला गाउँपालिकाको कोरोनामैत्री एम्बुलेन्सबाट अस्पताल लगिएको हो। गण्डकी प्रदेशस्तरीय प्रयोगशालामा सोमबार साँझ रिपोर्ट पोजिटिभ देखिएका उनीहरुको विवरण मंगलबार बिहान सार्वजनिक गरेको थियो। पोजिटिभ देखिनेमा फलेबास नगरपालिकाका १० का २० र ४० वर्षीय पुरुष तथा महाशिला गाउँपालिकाका ३ र ४ का १९, २० र २१ वर्षीय पुरुष हुन् । पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार कोरोना पोजिटिभ देखिएकाको स्वास्थ्य अवस्था सामान्य छ । ‘पीसीआर रिपोर्ट पोजिटिभ आएको भएपनि उनीहरुमा कुनै लक्षण छैन,’ उनले भने, ‘सँगै आएका अरुको पनि रिपोर्ट नेगेटिभ आएको छ । पोजिटिभ देखिएका बाहेक सबै सुरक्षित छन्।’ आइसोलेसनमा भर्ना गरेपछि जुन लक्षण देखिन्छ सोही रोगको उपचार गरिने डा. देवकोटाले जानकारी दिए । यदि कुनै लक्षण नदेखिए निश्चत मापदण्ड बनाएर अर्को पीसीआर परीक्षणको तयारी गर्ने उनले बताए । कुश्मासहित सबै पालिकाको लगानीमा २० शैयाको अस्थायी कोरोना अस्पताल तयार गरिएको छ। पहिलोपटक कोरोना संक्रमण देखिएका पाँचजनासँगै भारतबाट आएका थिए। उनीहरुसँगै ४१ जना आएका थिए । बाँकी १८ जनाको रिपोर्ट भने आउन बाँकी रहेको छ ।रिपोर्ट आएका २३ मध्ये१८ जनाको रिपोर्ट नेगेटिभ र पाँच जनाको पोजिटिभ आएको हो । पर्वत अस्पतालले दिएको जानकारीअनुसार भारतबाट नेपालको सुनौली नाका हुँदै बिहीबार आएका उनीहरुलाई पर्वतको कुश्मास्थित दुई स्थानको क्वारेन्टाइनमा राखिएको थियो । संक्रमण पुष्टि भएका व्यक्तिसँगै भारतबाट आएका अरु व्यक्ति तथा कुश्मा आइसकेकपछि राखिएका स्थान आसपासका व्यक्तिहरुको समेत पहिचान गरी कोरोना परीक्षण गरिने कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सले जनाएको छ । यसअघि भारतबाट आएकामध्ये पीसीआर परीक्षण गरिएका ४८ जना नेगेटिभ रिपोर्ट आएपछि आ-आफ्नो गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

जिल्लामा कोरोना पोजिटिभ देखिएसँगै कन्ट्रयाक्ट ट्रेसिङ बढाउने,उनीहरु बसेका स्थानमा कीटाणुनाशक रसायन छर्किने, आइसोलेसन अस्पताललाई व्यवस्थित गराउनेलगायत विषयमा छलफल भएको पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । पर्वत प्रशासनको पहलमा भारतबाट पछिल्लो दुई सातायता एक सय ६९ जना भित्रिएका छन् । उनीहरु सबैको पीसीआर परीक्षण भइरहेको छ । यसैबीच मंगलबार जिल्ला प्रशासनमा सम्पन्न जनप्रतिनिधि सहितको जिल्ला कमाण्ड पोष्टको बैठकले जिल्लामा क्वारेन्टाइनको संख्या थप गर्ने र त्यसका लागि विद्यालयलाई व्यवस्थापन गर्ने निर्णय भएको छ । होटलमा बस्न चाहने व्यक्तिले व्यक्तिगत रुपमा रकम तिर्नुपर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सदरमुकाममा क्वारेन्टाइनको संख्या बढाउने निर्णय भएको जानकारी दिए । थप दुई जना पनि आइसोलेसनमा पर्वत जिल्लामा पहिलो पल्ट कोरोना संक्रमण पुष्टि भएका ५ जनासँगै थप दुईजनालाई पनि आइसोलेसनमा भर्ना गरिएको छ । कोरोना संक्रमितसँगै एउटै कोठामा रहेका कारण थप दुई जनालाई पनि आइसोलेसनमा भर्ना गरिएको हो । उनीहरुमध्ये १ कुश्मा नगरपालिका र अर्का महाशीला गाउँपाकिलाका हुन् । पीसीआर परीक्षणमा नेगेटिभ आएपनि संक्रमण पुष्टि भएका व्यक्तिसँग एउटै कोठामा ५ दिन भन्दा लामो समय बसेका कारण थप दुईजनालाई पनि आइसोलेसनमा भर्ना गरिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए ।

यसरि भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

भैरहवा : अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानका थिए । मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छुुु,’ प्रजिअ पन्थले भने, ‘जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।’मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए। उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’ मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्। सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ। सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। आइतबार (जेठ १८) गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गरेकी छन् । जेठ १७ गते बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देशन दिइसकेको छ ।

भर्खरै हालीएकाे

फेरि थप १ जनाको आइसोलेसनमा मृत्यु

काठमाडौँ : आइसोलेसनमा रहेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । पाल्पा पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षीय रामबहादुर दिशा मगरको मिसन अस्पतालको...

यसरि भैरहवा नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला

भैरहवा : अभिनेत्री मनिषा कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश आएकी छन् । लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय...

बिरामिकाे उपचार गर्दागर्दै कोरोनाकाे कारण एक डाक्टरको मृत्यु

२० जेठ, काठमाडौं । चीनको वुहानमा कोरोना भाइरस (कोभिड–१९) को कारण एक डाक्टरको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेका उनको...

कोरोनाकाे कारण पहिलो पटक एकजना शरणार्थीको मृत्यु

बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरका एक ७१ वर्षीय वृद्धको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । बंगलादेशको कोक्स बजारस्थित एक जना वरिष्ट स्वास्थ्य अधिकारीका अनुसार...

काठमाडौंमा ४ जना स्वास्थ्यकर्मीमा र एक वडाध्यक्षमा पनि कोरोना संक्रमण

२० जेठ, काठमाडौं । काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना...

भोलिदेखि सबै पसल खुला गर्ने निर्णय

काठमाडौं । भोलिदेखि सुर्खेतका सम्पूर्ण बजारहरु खुला गरिने भएका छन्। सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो।...

नेपालमा फेरि २ सय ८८ जनामा कोरोना संक्रमण

काठमाडौं, २० जेठ । कोभिड–१९ को सङ्क्रमण आज एकै दिन २८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कविकास देवकोटाका अनुसार...

नेपालमा यति धेरै प्रहरीमा कोरोना संक्रमण भेटियाे

काठमाडौं - नेपाल प्रहरीमा कोरोना संक्रमतिको संख्या २३ पुगेको छ । कर्णाली प्रदेशमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएसँगै २३ पुगेको हो । शान्ति सुरक्षाको...